Logo

ब्ल्याक होलको प्रहारपछि ग्यालेक्सीबाट तारा भाग्दै



हाम्रो ग्यालेक्सी मिल्की वे नामले चिनिन्छ । यो विशाल छ । यसको एक तारा तिब्र गतिमा टाढिइरहेको अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन् । उक्त तारा करिब सैतिस लाख माइल प्रति घण्टाको गतिमा गइरहेको छ ।
ताराले १० करोड बर्ष पछाडि मिल्कीवे ग्यालेक्सी छाडन् सक्ने अनुमान गरिएको छ । यो तारा किन र कहाँ बाट आएको भन्दै बिज्ञहरुले ३।९ एमएमको एन्जलोे अष्ट्रेलियाई टेलिस्कोपबाट पत्ता लगाइरहेको जनाएका छन् ।

पत्ता लगाउने क्रममा ताराको गति सूर्य अथवा अरु ताराको तुलनामा १० गुणा बढी रहेका बताएका छन् । धनु ए नाम गरेको ब्ल्याक होलले ग्यालेक्सीमा रहेको तारालाई हानेको कारणले उक्त ताराको गति परिवर्तित भएको बिज्ञहरुले बताउँछन् । यदि ब्ल्याक होलले एकल तारा प्रणाली सित लड्न पुगेमा यसले एकल तारा प्रणालीलाई ध्वस्त पार्न सक्ने अनुमान गरिएको छ ।

ब्ल्याक होलको गुरुत्वाकर्षण बढी भएको कारण तारालाई सजिलै तानेर तीब्र गतिमा फाल्न सक्छ । पूथ्वीबाट तारा करिब २९ हजार प्रकाश वर्ष टाढा रहेको छ भने ब्ल्याक होलले यस तारालाई करिब पाँच लाख वर्ष पहिले फाल्न शुरु गरेको अनुमान गरिएको छ । यस अवस्थाले उत्त तारा हाम्रो आकाशगंगाबाट छिटै हराउन सक्ने बताइएको छ । यस्तो किसिमको गति आकाशगंगामा अहिले सम्म नदेखेको बिज्ञहरुले बताए ।



प्रतिक्रिया दिनुहोस्