Logo

क्याथोलिक पादरी बन्न यौन त्याग आवश्यक



हिन्दूको पूजारी भनेजस्तै चर्चको हेरचाह गर्नेलाई पादरी भनिन्छ । क्याथोलिक पादरी एकदम उच्च दर्जाको मानिसमा गनिन्छ । क्याथोलिक पादरी बन्न कठोर तपस्या गर्नु पर्छ ।

भगवान प्रति २१ औँ शताब्दीमा ध्यान, त्याग र परिश्रम हराउँदै गएको देखिन्छ । नयाँ पुस्ताको लागि पादरी बन्न चुनोती पूर्ण देखिएको छ । पादरी बन्न घरबार, माया, मोह, परिवार तथा यौन चाहना पनि मनबाट हटाउनु पर्ने हुन्छ ।

यी सब कुरामा नियन्त्रण पाउन उत्तेजित शरीरलाई अत्यन्त गाह्रो हुन्छ । यी विभिन्न कुराको नियण्त्रण र इच्छा जगाउनको लागि अष्ट्रेलीयामा यस विषयको पढाइ समेत हुने गर्छ । बढ्दो उमेरको साथ मानिसमा यौन उत्तेजना बढेर आउँछ । यी सब अनियण्त्रीत उत्तेजनालाई काबु गरेर नै पादरीको उपाधी पाइन्छ । पादरीको भूमिका क्रिष्चियन समाजमा अत्याधिक हुन्छ । पादरीले समाजलाई भगवान सितको साथ र जीवन वाच्न साकारात्मक हुन प्रेरणा दिन्छ । पादरी भगवानको स्वरुप भनेर चिनिन्छ जसकारण पादरी भएको मानिसले गलत विचार तथा यौनको विचार त्याग गर्नु आवश्यक छ ।



प्रतिक्रिया दिनुहोस्