Logo

दौड प्रतियोगितामा सक्रिय हुँदै चलचित्र कलाकार संघ



३० कात्तिक वातावरणीय स्वच्छताका लागि नेपाल चलचित्र कलाकार संघ र कान्ति सांस्कृतिक केन्द्रले संयुक्त रुपमा दौड कार्यक्रम गर्ने भएका छन् । दौड प्रतियोगिता बिहान ७ बजे हुन लागेको हो । दौडले भिजिट नेपाल २०२० र वातावरणीय स्वच्छताका लागि मद्दत पुग्ने संघले जनाएको छ ।

दौड प्रहरी तालिम केन्द्रको अगाडि कान्ति सांस्कृतिक केन्द्रको कार्यालयबाट सुरु भई लाजिम्पाट पुगेर पुनः सोही स्थानमा समाप्त हुनेछ । रिभेल इभेन्ट प्रालिले व्यावस्थापन मिलाएको कार्यक्रममा कलाकार, गायक, गायिका तथा मोडल सहभागी हुनेछन् । प्रतियोगितात्मक दौडमा प्रथम, दोस्रो र तेस्रो हुनेले पुरस्कार र प्रमाणपत्र पाउनेछ । Photo Source: Nepalkhabar 



प्रतिक्रिया दिनुहोस्