Logo

मिथिला संस्कृति, जानकी मन्दिर र गंगासागरको आरती अनुभव अभुतपूर्व (फोटोफिचर)



काठमाडौं, २८ कार्तिक । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदुत र्याण्डी डब्लु. बेरीले हालै प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरको भ्रमण गरेका छन् । राजदुत बेरी र उनको टिम मिथिलानगरी जनकपुर पुगेको हो । राजदुत बेरीको टिमलाई प्रदेश २ को सदरमुकाममा न्यानो स्वागत गरिएको थियो ।

आफूहरुलाई गरिएको स्वागतप्रति राजदुत बेरीले जनकपूर र त्यहाँका बासिन्दाहरूप्रति कृतज्ञता व्यक्ति गरेका छन् । अमेरिकी दुतावासको आधिकारिक फेशबुक पेजमा भनिएको छ,‘राजदुत बेरी र वहाँको टिमलाई प्रदेश २ को सदरमुकाममा गर्नुभएको न्यानो स्वागतको लागि हामी जनकपूर र त्यहाँका बासिन्दाहरूप्रति कृतज्ञ र नतमस्तक छौं। यति सुन्दर शहर, चाहलले भरिएको जनजीवन, मिथिला संस्कृति, र समग्रमा सबैथोक अविस्मरणीय रह्यो, विशेषगरी जानकी मन्दिर र गंगासागरको आरतीको अनुभव अभुतपूर्व थियो।’



प्रतिक्रिया दिनुहोस्