Logo

बाबुरामको राजनीतिक प्रतिवेदनः समाजवादी सरकार छाडेर संघर्षमा जाने संकेत (प्रतिवेदनसहित)



काठमाडौं, २८ कात्तिक । समाजवादी पार्टीले सरकार छाडेर संघर्षमा जाने संकेत गरेको छ । उसले तत्काल संविधान संशोधनका लागि संशोधनको प्रकृया अगाडि बढाउन पहल गर्ने र त्यसलाई कार्यान्वयन नगरे सरकारबाट हट्ने औपचारिक निर्णय गर्ने भएको हो । त्यस अगावै जनसंघर्षको तयारी समेत गर्ने रणनीति सार्वजनिक गरेको छ ।

अध्यक्ष डा. बाबुराम भट्टराईद्धारा बिहिबार सार्वजनिक समाजवादी पार्टी निर्माण र आगामी कार्यभार शिर्षकको राजनीतिक प्रतिवेदनमा पार्टीको कार्यकारिणी समितिले निर्णय गरी सरकार छाड्ने उल्लेख छ ।

प्रतिवेदनमा सरकारमा समाजवादी पार्टी सहभागी भएपनि प्रदेश प्रमुखहरु हटाउँदा एकलौटी निर्णय लिइएको भन्दै असन्तुष्टि जनाइएको छ । प्रतिवेदनमा भनिएको छ, ‘२ बुँदे सहमती अनुरुप संविधान संशोधनका लागि संशोधनको प्रकृया अगाडि बढाउन पहल गर्ने र त्यसलाई कार्यान्वयन गर्ने प्रकृया नबढाएमा सरकारबाट बर्हिगमनका लागि पार्टीको कार्यकारिणी समितिले निर्णय गर्ने गरी पार्टी अगाडि बढ्नुपर्नेछ ।’

प्रतिवेदनमा संविधान संशोधनका लागि जनसंघर्षको विकासमा समेत जोड दिइएको छ । यसबाट उसले सरकार छाडेर सडकमा जाने रणनीति लिएको संकेत गरेको छ ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्