Logo

शारीरिक कारणले प्रधानसेनापति बन्न नसकेका उपरथी रमिन्द्र क्षेत्रीको सैनिक सेवाबाट बिदाई



काठमाडौं, २८ कात्तिक । नेपाली सेनाका एकजना दुई तारे जर्नेलको बिहिबारबाट सेवाबाट बिदाई भएको छ । मानार्थ उपरथी रमिन्द्र क्षेत्रीले आजबाट औपचारिक रुपमा सैनिक सेवाबाट बिदाई पाएका हुन् ।

कर्णेल हुँदा रमिन्द्रमाथि तत्कालिन विद्रोही नेकपा माओवादीले आक्रमण गरेको थियो । खुट्टामा गोली लागेपछि उनको दुवै खुट्टा नचल्ने भएको थियो ।

सेनामा उनलाई मानवीय कारणले बढुवा गरिएको थियो । नेपाली सेनाका प्रधानसेनापतिका दाबेदार मानिएका रमिन्द्र दुई तारे जर्नेलसम्म बनाइए । उनले सेवामै रहँदा विद्यावारिधी समेत गरे । नेष्नल क्याडटमा महानिर्देशक बनेर उनी सेवानिवृत्त भए ।

रमिन्द्रका भाई राजेन्द्र क्षेत्री नेपाली सेनाका प्रधानसेनापति सम्म भए । भाई सेनापति हुँदा उनी जर्नेल थिए । रमिन्द्रलाई राजेन्द्र क्षेत्रीले चार दशक सेनामा सफलतापूर्वक सेवा पूरा गरेको भन्दै प्रशंशासहित फेसबुक पोष्ट समेत गरेका छन् । Photo Source: FB Page Rajendra Chhetri



प्रतिक्रिया दिनुहोस्