Logo

सानिया गान्धी र करण सिंहले प्राध्यापकको प्रबचन सुनिरहे



आज १४ नोभेम्बर, भारतका प्रथम निर्वाचित प्रधानमन्त्री जवाहरलाल नेहरु जयन्ती । हरेक वर्ष आजको दिन नेहरु स्मृति प्रबचन आयोजना गरिन्छ ।

यसपटक कँग्रेस आइकी अध्यक्ष सोनिया गान्धी नयाँ दिल्लीमा भएको उक्त प्रबचनमा उपस्थित भइन् । साथमा थिए कँग्रेस आइका वरिष्ठ नेता डा. करण सिंह ।

सोनिया र करण सिंहले प्रबचन दिने प्राध्यापक माधवन पलटलाई सुने । पलटले धर्मनीरपेक्षताको इतिहास र वर्तमानबारे प्रबचन दिए । उनले १९ औं शताब्दीमा बुद्ध, मोहम्मद र जेसस क्राइस्टलाई लोकप्रीय बनाइएको विषय उल्लेख गरे ।

विद्धानहरुको प्रबचनन सुन्ने संस्कार भारतमा निकै विकसित भइसकेको छ । राजनीतिक दलका नेताहरुले प्राध्यापक र अनुसन्धानकर्ताहरुलाई आफ्नो कुरा सुनाउने भन्दा उनीहरुको कुरा सुन्न चाख दिनेगर्छन् । सोनिया र करण सिंहले आफ्नो कुरा सुनाउनेभन्दा सुनेमात्र । तस्बिरः प्रा सुजन विश्वनाथननको फेसबुक



प्रतिक्रिया दिनुहोस्