Logo

काँग्रेसप्रति अशिष्ट बनेको भन्दै बाबुरामलाई विश्वप्रकाशको चेतावनी



काठमाडौं, २८ कात्तिक । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदनमार्फत् नेपाली काँग्रेसप्रति कडा शब्द प्रयोग गरेपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कडा जवाफ फर्काएका छन् । उनले ट्वीट गर्दै बाबुरामलाई शिष्ट हुन भनेका छन् ।

शर्माले बाबुरामलाई कम्युनिष्ट दर्शनको बाटोबाट देश बन्ने रहेनछ भन्ने बुझ्न ४० वर्ष लागेको समेत उल्लेख गरे । उनले व्यङ्ग्य गर्दै बाबुरामको बौद्धिकतामाथि प्रश्न उठाए ।

शर्माले ट्वीटमा लेखेका छन्- त्यो बाटो हिंडेको ४० बर्षपछि उहाँले भन्नुभो `कम्युनिस्ट दर्शनको बाटोबाट देश बन्ने रहेनछ,यो बाटो परित्याग गर्दछु´ l यति बुझ्न त्यति बर्ष लगाउने उहाँको बौद्धिकता कति `लायक´ को ? प्रश्न गर्न चाहिन l बरु नम्रसंग भन्छु,बौद्धिकता थोरै बचेको छ भने शब्द शिष्टता मर्न नदिने कि डा साब ?

File Photo



प्रतिक्रिया दिनुहोस्