Logo

लता मंगेशकरको मृत्युको हल्ला फैलिएपछि



काठमाडौं । बिहिवार दिउँसो एकाएक भारतीय गायिका लता मंगेशकरको मृत्युको खवर सार्वजनिक भएपछि उनको परिवारले समाचारको खण्डन गरेको छ ।

उनको परिवारले छातीमा इन्फेक्सन भएर मुम्बईस्थित ब्रिज केन्डी अस्पतालमा भर्ना भएकी मंगेशकरको अहिले स्वास्थ्यमा उल्लेख्य सुधार आएको समते जानकारी गराएको छ । परिवारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘भगवानको साथ र शुभिच्छुकको मायाले मंगेशकरको स्वास्थ पुनः राम्रो भएर आएको छ ।’

विज्ञप्तिमा अगाडी भनिएको छ, ‘मंगेशकर स्वस्थ्य रहेको उनलाई घर अस्पतालबाट डिस्र्चाज गरेर घर फिर्ता ल्याइएको छ । उनीप्रति सहानुभूति र स्वास्थलाभको कामना गर्नेप्रति धन्यवाद दिदै विज्ञप्तिमा उनी हाल अराम गरिरहेको र डाक्टरको निगरानीमा रहेको समेत उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्