Logo

सेवाग्राहीलाई सास्ती, बिचौलियालाई मस्ती



ललितपुर, कार्तिक २९। यातायात व्यवस्था कार्यालय एकान्तकुना बिचौलियाको घेराबन्दीबाट अझै उम्किन सकेको छैन । कार्यालयमा भएको स्थलगत रिपोर्टिङका क्रममा सेवाग्राहीलाई सास्ती, बिचौलियालाई मस्ती देखिएको छ ।

बिचौलियाबाटै बार्गे्निङ हुने भएपछि कर्मचारीलाई टाउको दुःखाइको विषय छैन । कार्यालयको प्रवेशद्वारमै “छिटो लाइसेन्स निकालिदिन्छु, लाइन बस्नु पर्दैन, लिखित र ट्रायलमा पास गराइदिन्छु” भन्नेहरूको तानातानमा पर्छन् सेवाग्राही ।
सीधा बाटो गएर काम बन्ने अवस्था भेटिँदैन । अनि सेवाग्राही बाध्य हुन्छन् दलालको सहयोग लिन ।

सेवाग्राही जब दलालको सहयोग लिन्छन् अनि उनीहरू लाइन बस्नु पर्दैन, सीधै काउन्टरमा प्रवेश पाउँछन् । यातायात व्यवस्था कार्यालयहरू भक्तपुर र सानो भ¥याङमा थप भएपछि पहिलाको तुलनामा सेवाग्राहीको भीड आधा घटेको छ तर सेवाग्राहीलाई दिने सास्ती र ठगिने क्रम भने घटेको छैन ।

कार्यालय खुल्ने समयभन्दा तीन घण्टाअगावै सेवाग्राही टोकन लिन बस्ने गर्छन् । त्यो टोकन लिइदिने, लाम बस्न नपर्ने वातावरण बनाउने काम बिचौलियाले गरेका छन् । सर्वसाधारणले प्रक्रियागत रूपमा काम गर्न सक्ने अवस्था यातायात व्यवस्था कार्यालयमा छैन । तर अनलाइन प्रणालीलले गर्दा भीड कम भएको अधिकारीहरूको दाबी छ ।

कार्यालय निकै अस्तव्यस्त देखिन्छ । वरिपरि भीडभाड छ । कोलाहल छ । धुलोधुवाँ र अव्यवस्थित पार्किङले मान्छे धेरै समय बस्नसक्ने अवस्था छैन । लामको व्यवस्थापन छैन, महिला पुरुषको लाम एउटै छ । कार्यालयका संरचनाहरू महिला र अपागङ्तामैत्री देखिँदैन ।

शौचालय अत्यन्त दुर्ग्न्धित छ । भ¥याङका भित्ताहरूमा गुट्खा चपााएर थुकिएको छ तर सरसफाइको कुनै
प्रयास छैन । सेवाग्राहीको स्वास्थ्य वा सुविधालाई चासो दिएर कार्यालयको व्यवस्थापन नरहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्