Logo

चीनले नेपालको ३६ हेक्टर जमिन मिचेको तथ्य खुलासा (भिडियोसहित)



काठमाडौं, २९ कार्तिक । चीनले नेपालको जमिन मिचेको खुलासा भएको छ । प्राईम टाईम्स टेलिभिजनबाट बिहीबार राति प्रशारण भएको कार्यक्रममा यस्तो दाबी गरिएको छ । भारतले नेपालको सीमा मिचेको भन्दै नेपालमा चौतर्फी विरोध भइरहँदा अर्को छिमेकी चीनले नेपालको जमिन मिचेको रिपोर्ट प्राईम टाईम्स टिभीले सार्वजनिक गरेको हो ।

प्रशारित रिपोर्टमा भनिएको छ,”चीनले नेपालको ३६ हेक्टर जमिन मिचेको खुल्न आएको छ, यो तथ्य कृषि मन्त्रालयअन्तर्गतको नापी शाखाले तयार पारेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । चीनले हुम्ला, संखुवासभा, रसुवा, सिन्धुपाल्चोकलगायतका सीमाभित्रको भूमी मिचेको खुल्न आएको छ । सरकारी तथ्यांकअनुसार चीनले सबैभन्दा बढि सिन्धुपाल्चोकको खराने खोलाको ४ हेक्टर जमिन मिचेको छ । त्यसैगरि हुम्लाको बाँगडारे खोलामा ६ हेक्टर जमिन हडपेको छ । हुम्लाको कर्णाली, सिन्धुपाल्चोकको भोटेकोशी र संखुवासभाको अरुण नदीको चार चार हेक्टर जमिन चीनले मिचेको प्रतिवेदनमा उल्लेख छ ।”



प्रतिक्रिया दिनुहोस्