Logo

प्रियंका चोपडाको नयाँ घरमा बेड रुम भन्दा बाथरुम धरै



काठमाडौं, कार्तिक २९ । बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका श्रीमान निक जोनसले अमेरिकाको बेवर्ली हिल्समा रहेको घर बेचेर लस एन्जलसमा नयाँ घर किनेका छन् ।

नेपाली दुई अर्ब ३० करोड रुपैयाँमा खरिद गरेको उक्त आलिसान घरमा सात बेड रुम र ११ बाथरुम रहेको भारतीय सञ्चार माध्ययममा खवर छ ।

घर भित्र क्वालिटी वेट बार, मुभी थिएटर, लाउज एरिया, रेस्टुरेन्ट, बास्केट बल कोर्ट, गेम्स रुम, जिमखाना, गेस्ट रुम तथा स्विमिङ पुलसमेत रहेको जनाइएको छ । घर करिव २० हजार स्क्वायर फिटमा फैलिएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्