Logo

ज्योतिबन्धुको पक्राउमा पाँच करोडको खेल



काठमाडौं, कार्तिक २९ । नेपालका चर्चित उद्योगपति रुप ज्योति र उनकी छोरी सुरुचीको गत कार्तिक २१ गते भएको पक्राउ लगतै गत सोमबार ज्योतिका दाजु पद्म ज्योतिको पक्राउलाई लिएर नेपालको उद्यौगिक क्षेत्रमै तरंग ल्याएको छ ।

ज्यातिहरुको पक्राउमा शक्तिकेन्द्रै प्रभावशाली व्यक्तिको स्वार्थ जोडिएको छ । बीजेन्द्रकृष्ण मल्लले रुप ज्याति र उनकी छोरीले घर दिने भनेर आफुबाट एक करोड ३६ लाख ७५ हजार रुपैयाँ लिएर घर नदिई आफूलाई ठग्ने नियत राखेको भन्दै प्रहरीमा उजुरी दिनासाथ प्रहरीद्वारा गरिएको पक्राउ ले पनि प्रहरीले ज्यातिको पक्राउमा उच्च राजनैतिक तहको समेत रुची रहेको आशंकाले थप पृष्टि पाएको छ ।

स्वयं ज्यातिले काठामडौं जिल्ला अदालतका न्यायाधीशसमक्ष आफूसंग पाँच करोड रुपैयाँ फिरौती शैलीमा मागिएको र सो रकम निन मञ्जुर नगर्दा ठगीको आरोपमा पक्राउ हुनपरेको बताएपछि यतिबेला ज्यातिसंग उक्त रकम माग गर्ने को रहेछ भन्ने विषयमा सर्वपक्षीय चासो बढेको छ ।साप्ताहिक विमर्शबाट



प्रतिक्रिया दिनुहोस्