Logo

बल्ल मिल्यो राहत बाजुराका स्याउ किसानलाई



बाजुरा, कात्तिक २९ गते । स्याउ टिपेर सधैँ गाईगोरु, भैँसीलाई खुवाउँदै गरेका बाजुराका स्याउ किसानले यति बेला भने बोटमै तीस लाखभन्दा बढीको स्याउ बिक्री गरेका छन् ।
बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने जगनाथ, स्वामिकार्तिक, गाउँपालिका र बूढीनन्दा नगरपालिकाका कृषकले उत्पादन गर्दै आएको स्याउ अनुसा कन्स्ट्रक्सन प्रालिले बारीबाट नै खरिद तथा ढुवानी गरिदिएपछि उनीहरूले तीस लाखभन्दा बढीको स्याउ बिक्री गरेका हुन् ।
कृषि ज्ञान केन्द्र बाजुराले स्याउ ढुवानी अनुदानको व्यवस्था मिलाएपछि सो कन्स्ट्रक्सनले उनीहरूको स्याउ बारीमै गएर खरिद गरिदिएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताए। उहाँले भने, बाजुराको पूर्वोत्तर क्षेत्रको जगन्नाथ, स्वामिकार्तिक, गाउँपालिका र बूढीनन्दा नगरपालिका स्याउ कृषकले उत्पादन गरेको स्याउलाई उक्त कम्पनीले उनीहरूकै स्याउ बारीमै गएर प्रतिकिलोे २५ रुपियाँका दरले खरिद गरेपछि किसानले बारीमै तीस लाखभन्दा बढी रकम आम्दानी गरेका हुन् । सो क्षेत्रमा उत्पादन भएको स्याउ ढुवानीका लागि कृषि ज्ञान केन्द्र बाजुराले अनुदानको सूचना जारी गरेपछि बाजुरामा रहेको अनुसा कन्स्ट्रक्सन प्रालिले उनीहरूको स्याउ बारीबाट प्रतिकिलो २५ का दरले खरिद गरेको हो ।
उहाँले भन्नुभयो, हामीले जिल्लामा उत्पादन भएका जुनसुकै वस्तु एकद्वार प्रणालीबाट देशका विभिन्न स्थानमा लैजाने उद्देश्यले गत आर्थिक वर्षबाट बाजुरा कोसेली घरको स्थापना गरेका छौँ । किसानले उत्पादन गरेका अर्गानिक वस्तु सहजै कोसेली घरमा आउने गरेको छ । स्याउ पनि यसै कोसेली घरमा जम्मा भएपछि अहिले देशका विभिन्न ठाउँमा बिक्री वितरण भएर बाजुराको पहिचान गरिएको छ । सात सय क्विन्टल स्याउ देशका विभिन्न सहरमा पु¥याएपछि ६० लाखभन्दा बढीको कारोबार भएको सूचना अधिकारी जैसीको भनाइ छ । यी स्याउ काठमाडाँै, चितवन र नेपालगञ्जमा ६० क्विन्टल, धनगढीमा एक सय क्विन्टल र अन्य बाजुराका विभिन्न स्थानमा बिक्री वितरण भएको केन्द्रका सूचना अधिकारी जैशीले जानकारी दिए । व्यापारिक सहर धनगढीबाट बाजुरामा ल्याउने स्याउको प्रतिकिलो १५० र बाजुरामै उत्पादन गरेको अर्गानिक स्याउको प्रतिकिलोको ८५ रुयियाँमा बिक्री भएको थियोे ।
यो वर्षमा जिल्लाभन्दा बाहिर कुल सात सय क्विन्टल स्याउको कारोबार भएको छ । जिल्लाको जगनाथ, स्वामिकार्तिक बूढीनन्दा नगरपालिकामा मात्र स्याउ उत्पादन हुने गर्दछ् । यो वर्ष त्यहाँ १३ सय क्विन्टल स्याउ उत्पादन भएको छ । गत वर्ष बाजुराको गौमुल गाउँपालिकामा पनि नयाँ प्रविधिबाट स्याउ खेती सुरु गरेको छ ।
जिल्लाको गौमुल गाउँपालिकाको कृषि विकास शाखाले परीक्षणका रूपमा नयाँ प्रविधिको फुजी, गाला र गोल्डेन जातको स्याउ खेतीको सुरुवात गरेको हो ।
यो जातको स्याउ अरू स्याउभन्दा राम्रो र बढी मूल्य पर्न सक्ने र अरूभन्दा बढी पोषक तìव भएकोले गौमुल गाउँपालिकाको कृषि विकास शाखाले एग्रो मनाङ प्रालिसँग समन्वय गरेपछि गौमुल गाउँपालिका–१, अन्द्रारीमा नयाँ प्रविधिमा स्याउ खेती सुरु गरिएको हो । मनाङ जिल्लाको एग्रो मनाङ प्रालिले नेपालमा भिœयाएको र त्यसपछि बाजुराको कृषि विकास शाखाले पनि एग्रो मनाङलाई समन्वय गर्दै बाजुरामा ल्याएको गौमुल गाउँपालिकाको कृषि विकास शाखा प्रमुख रमेशराज विकले बताए । गोरखापत्र बाट



प्रतिक्रिया दिनुहोस्