Logo

सागका लागि क्रिकेट टोलीको घोषणा, राशिद ‘इन’, भेषवाकार ‘आउट’



काठमाडौं, कात्तिक २८ गते । नेपाल क्रिकेट संघ (क्यान) ले दक्षिण एसियाली खेलकूद (साग) का लागि क्रिकेट टोलीको घोषणा गरेको छ । पुरुष टोलीका प्रशिक्षक उमेश पटवालले पुरुष तथा महिला क्रिकेट टोलीका प्रशिक्षक जगत टामाटाले महिला टोलीको घोषणा गरेका छन् । पुरुष टोलीमा पारस खडका र सन्दीप लामिछाने बाहेक अधिकांश सदस्यहरु एसीसी इमर्जिङ्ग कपमा प्रतिनिधित्व गर्ने खेलाडी परेका छन् ।
घोषित पुरुष टोलीमा पहिलो पटक राशिद खानले स्थान सुनिश्चित गरे । खान तिब्र गतिका बलर हुन्। टिममा शरद भेषवाकार र बसन्त रेग्मीले स्थान पाएनन् । शरद बङ्गलादेशमा जारी एसीसी इमर्जिङ्ग कप क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । बिहिबार भारत विरुद्धको खेलमा शरदले ४४ रनको योगदान गरे । एमसीसी विरुद्धको तीन दिवसिय खेल र एसीसी इमर्जिङ्ग कप खेल्ने टोलीबाट बाहिर रहेका बसन्त भने साग टोलीमा समेत परेनन् ।
सागमा भारत र पाकिस्तानको क्रिकेट टोली सहभागी हुने छैनन् । श्रीलङ्का, बङ्गलादेशको भने यू २३ टोली सहभागी हुने भनिएपनि सिनियर टोलीका सदस्यहरु पनि खेल्नेछन् ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषित टोलीमा पारस खडका, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, विनोद भण्डारी, अभिनास बोहरा, सुसन भारी, सन्दीप जोरा, आरिफ शेष, पवन सर्राफ, ललितनारायण राजवंशी र राशिद खान छन् ।
रोहितकुमार पौडेल, भीम सार्की र सागर ढकाल वैकल्पिक सूचीमा छन् ।
त्यसैगरी रुविना क्षेत्रीको नेतृत्वमा घोषित महिला क्रिकेट टोलीका सदस्यहरुमा सीता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, अप्सरी बेगम, सरस्वती चौधरी, अञ्चल चन्द, सरिता मगर, शान्ती खतिवडा, रोमा थापा, डली भट्ट र कविता कुँवर छन् ।
ज्योती पाण्डे, संगिता राई र अस्मिना कर्माचार्य वैकल्पिक सूचीमा छन् । गोरखापत्र अनलाइनबाट



प्रतिक्रिया दिनुहोस्