Logo

दुई ठाँउमा खुल्यो सरकारी जागिरको विज्ञापन



काठमाडौं, कार्तिक २९ । दुग्ध विकास संस्थानले १२३ जना कर्मचारीको माग गरेको छ ।संस्थानले शुक्रबार एक सूचना प्रकाशित गरी अधिकृतस्तरमा ३३ जना र सहायक स्तरमा ९० जना कर्मचारी माग गरेको हो ।

त्यस्तै, आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी पदको प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नको लागि पाटन स्वास्थ विज्ञान प्रतिष्ठानले पनि विज्ञापन माग गरेको छ । प्रतिष्ठानले प्राज्ञिक सेवा, प्राविधिक सेवा र प्रशासन सेवा तर्फ स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।



प्रतिक्रिया दिनुहोस्