Logo

दुग्ध विकास संस्थानमा जागिरको अवसर



काठमाडौं,२९ कात्तिक । दुग्ध विकास संस्थानले शुक्रबार सूचना प्रकाशित गरी अधिकृतस्तरमा ३३ जना र सहायक स्तरमा ९० जनाको दरखास्त आवहन गरेको छ ।

आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी पदको प्रतियोगितात्मक खुला पदहरुमा प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गरिने संस्थानको पदपूर्ति समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आगामी मंसिर १९ गतेभित्र र दोब्बर दस्तुर तिरी मंसिर २६ गतेभित्र आवेदन दिन सक्नेछन् ।
दरखास्त फारम संस्थानको वेभसाइटः www.dairydev.com.np बाट डाउनलोड गर्न सकिनेछ ।

दरखास्तको साथमा शैक्षिक योग्यताको प्रमाणपत्र, तालिम तथा अनुभवको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र सहित आवेदन फारम संस्थानको केन्द्रिय कार्यालय लैनचौरमा बुझाउनुपर्नेछ ।

दरखास्त बुझाउने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ । विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र शुक्रबार ११ बजेदेखि २ बजेसम्म फारम बुझाउन सकिनेछ । संस्थानले लिखित परीक्षाको समय पुष ११ गतेलाई तोकेको सूचनामा उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्