Logo

युरोकप छनोट फुटबल, रोनाल्डोको ह्याट्रिकमा पोर्चुगल विजयी



युरोप, २९ कार्तिक । युरोकप छनोट फुटबलमा पोर्चुगलले लिथुनियालाई फराकिलो अन्तरले पराजित गरेको छ । बिहीबार राति भएको खेलमा घरेलु टोली पोर्चुगलले लिथुनियालाई ६–० गोलअन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गोल गरे । रोनाल्डोले खेलको सातौं मिनेटमा पेनाल्टीमा र २२औं मिनेटमा गोल गर्दै पोर्चुगललाई पहिलो हाफसम्म २–० गोलको अग्रता दिलाएका थिए ।

खेलको ५२औं मिनेटमा एफन्सो फर्नान्डेजले, ५६औं मिनेटमा मेन्डेस पसिन्सिया र ६३औं मिनेटमा बेर्नान्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई ५–० गोलको अग्रता दिलाए ।खेलको ६५औं मिनेटमा कप्तान रोनाल्डोले गोल गर्दै ह्याट्रिक पूरा गरे ।

योसँगै पोर्चुगल ६–० गोलले विजयी भयो । समूह ‘बी’ मा रहेको पोर्चुगलले सात खेलबाट १४ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको पोर्चुगलले अब अन्तिम खेलमा यहि आइतबार लक्जमबर्गसँग प्रतिस्पर्धा गर्दैछ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्