Logo

पति र ब्याइफ्रेन्डका सामु महिलाको इज्जत लुट्ने ‘डाफर ग्याङ’



उनीहरु घरभित्र पसेर लुटपाट मच्चाउँथे । लुटपाटका क्रममा सुन्दर महिलालाई भेटेमा तिनका पति या ब्याइफ्रेन्डकै सामु इज्जत लुट्थे ।

यो समूहको नाम हो डाफर ग्याङ । उक्त ग्याङ भारतको गुजरातमा सक्रिय छ । समूहका एक सदस्य बुधबार पक्राउ परेपछि उनीहरुको कर्तुत उजागर भएको हो । अकबर नामक उक्त व्यक्तिले कर्तुतहरुबारे प्रहरीमा बयान दिएको बताइएको छ ।

समूह लुटपाट, डकैती र हत्यामा समेत संलग्न थियो । डकैतीका लागि घरभित्र पुग्दा कुनै बहुमूल्य सामान नभेटे क्रुरता देखाउँथे । सिधै इज्जत लुट्न तम्सन्थे ।

उक्त समूहले दुईवटा घटनामा एकजना गृहिणीलाई उनकै पतिका सामु र अर्की केटीलाई ब्याइफ्रेन्डको सामु इज्जत लुटेको खुलेको छ । समूहले १८ वटा डकैतीको घटना घटाएको खुलिसकेको छ । उनीहरुले तारो बनाएको क्षेत्र समेत पत्ता लागेको छ ।-एजेन्सी Photo Source: Timesofindia



प्रतिक्रिया दिनुहोस्