Logo

विश्वासपात्र विष्णु र राजनलाई छाडेनन् ओलीले



काठमाडौं, २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सल्लाहकारहरुलाई राजीनामा दिन लगाए । तर, उनले दुईजना प्रभावशाली सल्लाहकारहरुलाई भने सचिवालय छाड्न दिएनन् ।

ओलीले प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र विदेश मामला सल्लाहकार राजन भट्टराईलाई सल्लाहकारमा कायमै राखेका छन् । बालुवाटार स्रोतका अनुसार १ मंसिरबाट रिमाल र भट्टराई बाहेकका अधिकांश सचिवालयमा रहेका राजनीतिक नियुक्तिका व्यक्तिहरु हुनेछैनन् ।

प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी,लगायतको राजीनामा स्वीकृत भइसकेको छ । उनीहरुप्रति ओली असन्तुष्ट भएको बुझिएको छ ।

रिमाल लामो समययता ओलीका विश्वासपत्र हुन् । उनले कठिन समयमा समेत ओलीलाई साथ दिएका थिए । भट्टराई कुटनीतिक मामलाका जानकार हुन् । उनीबाट पनि ओली प्रभावित छन् । दुवैमाथि ओली निकै विश्वास गर्न सक्छन् ।

तर, सचिवालयका अन्य व्यक्तिहरुप्रति ओलीको भरोसा टुटेको बुझिएको छ । त्यसैले सचिवालयमा नयाँ टिम ल्याएर अगाडि बढ्ने ओलीको रणनीति बनेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्