Logo

इन्स्टाग्रामकोे विश्वव्यापी रुपमा लाइक लुकाउने परिक्षण हुँदै



इन्स्टाग्राम विश्वव्यापी रुपमा प्रसिद्ध छ । यसको लोकप्रियता विश्वभर फैलिएको छ । गत विहिवार इन्स्टाग्रामले विश्वव्यापी रुपमा लाइक  लुकाउने परिक्षणलाई तिब्रता दिएको छ ।  अष्ट्रेलिया, ब्राजील र क्यानाडामा लाइक गर्ने फिचर निषेध गरेको छ । इन्स्टाग्रामका अनुसार परिक्षण भइरहेको प्रयोकर्ताहरुको प्रोफाइलमा लाइक र भ्यूज नदेखिने भएको छ ।

प्रयोगकर्ताले  राखेको तस्बीर र भिडियोको लाइक हेर्न सक्नेछ । परिक्षणको नतिजा साकारात्मक पाइएको छ । प्रयोगकर्ताले कुनै पनि तस्बीर लाइक गर्न सक्ने तर कुल संख्या नदेखाउने कम्पनीले जनाएका छन् । यस्तो प्रकारको हेरफेरले कम्पनीले निकै चूनौती भोग्नु परेको छ । लाइकको संख्या धेरै रचनाकारहरुका लागि महत्वपूर्ण रहेको छ ।

परिक्षण पहिलो चरणमा रहेको र रचनाकारहरुका लागि कम्पनीले ध्यान  दिने कम्पनीका अधिकारीले बताएका छन् । प्रयोगकर्ताहरुले लाइकलाई निकै गम्भीर रुपमा लिने गरेका छन् । यसकारण विभिन्न मानसिक समस्या उत्पन्न भएको कारण कम्पनीले उक्त कदम चाल्नु परेको  जनाएको छ। Photo Source : Flaticon



प्रतिक्रिया दिनुहोस्