Logo

चीनको ल्याण्डफीलमा इकोलोजिकल पार्क निर्माण हुने



शानक्सी प्रान्तमा रहेको चीनको सबैभन्दा ठूलो फोहोर ल्याण्डफील बन्द हुने भएको छ । ल्याण्डफील बन्द भएर त्यस ठाउँमा इकोलोजिकल पार्क निमाण हुने भएको हो । उक्त फोहोर ल्याण्डफील सन् १९९४ मा स्थापित भएको थियो ।  त्यहाँ दैनिक दस हजार टन फोहोर जम्मा हुने गर्छ ।

फोहोर ल्याण्डफील अझै ५० वर्षसम्म  संकलन गर्न सक्ने अधिकारीले बताएका छन् । त्यस फोहोर ल्याण्डफीलको चौडाई सय वटा फूटबल मैदान बराबर रहेको छ । त्यसको गहिराई करिब १५० मीटर रहेको छ । फोहोर ल्याण्डफीललाई बन्द गरेर राम्रो वातावरणमा इकोलोजिकल पार्क निर्माण हुने कुरा त्याहाँका अधिकारीले बताएका छन् ।

२०२० सम्मा फोहोर संकलन गर्न छुट्टै माध्यमको  प्रयागे गर्ने भएको छ । २०२५ सम्ममा तीन सय भन्दा बढी चिनियाँ शहरहरुमा प्रान्त तहमा फोहोर क्रमबद्ध गर्ने र प्रशोधन प्रणालीको निर्माण गर्ने अधिकारीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्