Logo

पूर्वमन्त्री आलम थुनामा



रौतहट, २९ कात्तिक । पूर्वमन्त्री मोहम्मद अफताब आलम जेल जानुपर्ने भएको छ । उनीविरुद्धको थुनछेकको बहस सकिएपछि शुक्रबार रौतहट जिल्ला अदालतले र्पुपक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

न्यायाधीश दिपक ढकालको इजलाशले आलमलाई र्पुपक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । अब उनी रौतहट जिल्ला कारागारमा रहनुपर्नेछ । र्पुपक्षका लागि थुनामा राख्ने आदेश दिनुअघि न्यायाधिश ढकालले आरोपी आलम र जाहेरवाला श्रीनारायणसिंहसँग घटनाबारे सोधपुछ गरेका थिए ।

सरकारी वकिलको कार्यालयले १८ कात्तिकमा आलमसहित घटनाका अभियुक्तमाथि सजायको माग दाबीसहित मुद्दा दर्ता गरेको थियो । अफताबको पक्षमा ३६ जना कानुन व्यवसायीले बहस गरेका थिए । दुवै पक्षबाट बहस सकिएपछि अदालतले र्पुपक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

उनीमाथि २७ चैत २०६४ मा बम बिष्फोटपछि घाइते भएकालाई ज्यूँदै इट्टाभट्टामा हालेको अभियोग छ । मुद्दा दायरपछि त्यसबारे थुनछेक बहस एक हप्तायता चलेको थियो ।

घटनाका अभियुक्त आलमसहित मोहम्मद महताव आलम, शेख भदई, मोहम्मद मोविन आलम, शेख शेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जमुनई, गौरीशंकर साहलगायतलाई प्रतिवादी बनाइएको छ।

बम बिष्फोट रौतहटको राजपुर फर्दवास्थित टहरामा भएको थियो । यसको खुलासा २७ चैत २०६४ मा रिपोर्टर्स क्लब नेपालमा भएको थियो ।
जोबेर मियांको घरमा काम गर्ने सराजुल मोहम्मदले  बम बिष्फोटमा ज्यान जोगाएपछि काठमाडौं आएर सनसनीपूर्ण खुलासा गरेका थिए । रिपोर्टर्स क्लब नेपालको तत्कालिन पुतलीसडकस्थित कार्यालयमा आएर उनले गरेको खुलासा अत्यासलाग्दो थियो ।

त्रसित हुदै रोतहट छाडेर काठमाडौं आएका उनले नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको चुनावी प्रायोजनका लागि आफन्तको घरमा जम्मा गरिएको बम बिष्फोटमा परी घाइते भएकालाई स्थानीय इट्टाभट्टाको चिम्नीमा हाली हत्या गरेको देखेको खुलासा गरेका थिए ।
‘असुरक्षित ठानेर वैशाख ४ गते रौतहटबाट काठमाडौं आएको हु“,’ रिपोर्टर्स क्लब नेपालको सम्पर्कमा आएका सराजुले त्यतिबेला भने,‘ बमको छर्राले घाइते भएका तीन जनालाई चिम्निमा हालिदिएको आंखैले देखेको र मृतकका परिवारलाई जानकारी गराएकाले रौतहटमा बस्नु खतरा ठानें ।’

बमको छर्रा लागी घाइते भएकालाई चिम्नीमा हाल्दा प्रहरी पनि संलग्न रहेको आरोप थियो उनको । घटनामा मारिएकामध्येका ओसे अख्तर मिया उनकै मालिकका छोरा हुन् । मियालाई मोहम्मद अफतावका सहोदर भाई मेहताव र सराजसहित अन्य दुई अपरिचितले घरमै मोटरसाइकल लिई चुनावी प्रचारप्रसारका लागि भन्दै लिन आएका थिए । रोजागरीका सिलसिलामा दुई वर्ष दुबई बसेर आएका मिया उनीहरुस“गै फर्दवातर्फ लागेपछि सराजु पनि साइकल चढी त्यसतर्फ लागेको बताएका थिए ।

आफू फर्दवामा पुग्दा अफतावको आफन्तको गोठमा बमको थुप्रो राखिएको र ३०–३५ जना बिडी र चुरोट पिएर हा“सो ठट्टा गर्दै गफमा मस्त भएको उनको भनाई थियो । सा“झको छ बजेतिर गोठमा अचानक बम विष्फोट भएपछि भने हा“सो ठट्टा रुवावासीमा परिणत भयो ।

घाइतेहरु चिच्याउदै बाहिर निस्कन थाले । ‘बमको छर्रा लागी घाइते भएकाहरु रगतले लतपतिएर निस्कन थाले, त्यसमध्ये मैंले चिनेको ओसे अख्तर मिया र पिन्टुलाई धू“वाले मुखै कालो भएको अवस्थामा देखें ।’ उनका अनुसार मियाको बायां तिघ्रा र दाहिने पाखुराको मासुको चोइटा उछिट्टिएको थियो भने पिन्टुको दुवै हातको मासुको चोक्टा उछिट्टिएको तड्कारो देखिन्थ्यो । उनले मियालाई समातेर लान खोज्दा घटनास्थल आइपुगेका अफतावका मान्छेहरुले लान नदिएर आफूलाई पनि बस्न भनेपछि भागेको बताए । भागेर छेवैको गहु“खेतमा लुकेर रात बिताएको थिए । उनको सनसनीपूर्ण खुलासाका बाबजुद पहुच र प्रभावका कारण अफताव पक्राउबा जोगिएका थिए ।

गहु“ खेतमा लुकेरै पिन्टु, मिया“सहितका व्यक्तिलाई चिम्नीमा हालिएको दृश्य देखे । ‘आफ्नै खर्चमा उपचार गर्छौं छाडिदेऊ घर जान्छौं भन्दै हात जोडिरहेका थिए । अब कहा“ घर जाने भन्दै पालैपालो चिम्नी भित्र हालिदिए ।’ रौतहटकै जयनगर घर भएका तर नाम थाहा नभएकालाई पनि चिम्नीमा हालेपछि आफू आत्तिएर त्यहा“बाट पनि भागेको बताएका थिए सराजुले । घटनामा आधा दर्जनलाई चिम्नीभित्र हालिएको उनको दाबी थियो ।

मृतक पिन्टुका बाबु श्रीनारायण सिंहको भनाई यस्तो थियो,‘बम विष्फोटपछि भारत घर भएका केही मान्छे चुनावका समयमा रौतहट छिरेको आफन्त हराएको भन्दै खोजीका लागि आइरहने गर्छन् ।’ आफन्त खोज्न आउनेलाई मारिइसकेको बताइदिएका थिए उनले । त्यसो त सिंहले आफ्नो छोरालाई चिम्नीमा हालिएको सहजै पत्याएका थिएनन् । छोरा खोज्न भारतको मतियारी, सितामढीलगायतका स्थानमा पुगे । रहमान क्लिनिकमा फर्दवा बमकाण्डमा घाइते सफिउद्यिन भन्ने व्यक्ति भेटिएपछि उनले वास्तविकता थाहापाएका थिए । छोरा कहीं फेला नपरेपछि प्रत्यक्षदर्शी सराजुको भनाई पत्याउ“दै घटनामा संलग्नलाई कारबाहीका लागि पहल गर्दै हिडेको थिए ।

घटना भइसकेपछि अफतावका भाई मेहतावले हुनु भइसक्यो राहतस्वरुप पैसा दिन्छु उजूरीमा नलाग्न भन्दै टेलिफोन गर्ने गरेको श्रीनारायणले बताएका थिए । छोराको हत्यारालाई कारबाही गराएरै छाड्ने दृढता व्यक्त गरेका थिए ।

ओसे अख्तरकी आमा रोक्शाना खातुनले छोरा मारिएको खबर घटनाको भोलिपल्ट विहानै थाहापाएकी थिइन् । विहानै अत्तालिदै आइपुगेको सराजुले हत्याकाण्डबारे बताएपछि उनले सम्धीलाई खबर गरेककी थिइन् । विभिन्न सम्पर्कसूत्रमार्फत् सम्धी समसुल हकले खोजी गरेपछि अफताव निकट सराजले अख्तर मारिइसकेको बताएका थिए । स्वीटर र जुत्ता दिदै उनले खोजी नगर्न भनेको खुलाएकी थिइन् खातुनले । आफ्नो छोराको हत्यामा अफताव र उनका भाई महतावसहित प्रहरी प्रशासन संलग्न रहेकाले कारबाही हुनुपर्ने उनको माग थियो । पैसा दिएर कुरा थामथुम पार्न खोजिएको बताउदै उनले भनेका थिए,‘हामीलाई पैसा हैन छोराको हत्या गर्नेमाथि कारबाही चाहिन्छ ।’

घटनापछि प्रहरीमा उजूरी गर्न जांदा बेवास्ता भएको गुनासो पिडितहरुको थियो । ९ वैशाखमा उजूरी गर्न जा“दा प्रहरीले दर्ता गर्न नमानेको श्रीनारायणले बताएका थिए । जिल्लाका अधिकारप्राप्तहरुले नसुनेपछि काठमाडौं आई राष्ट्रिय मानवअधिकार आयोगमा उजूरी दर्ता गरेका थिए । त्यसपछि बल्ल घटनाबारे केही सुनुवाई भएको थियो ।

लुकाउन नसकेको घटना
राजपुरको फर्दवा गाउ“नै धूंवाले ढाकिने गरी भएको बम विष्फोटको घटना लुकाउन खोजिएको थियो । रौतहट क्षेत्र नं २ बाट पहिलो संविधानसभामा निर्वाचित मोहम्मद अफताव आलम स्वयं घटना लुकाउन सक्रिय रहेको पिडितको भनाई थियो । आफ्ना भाई महताफलाई खटाएर उनले पिडितलाई पैसाले किन्न खोजे । मृतक ओसे अख्तरका बाबु जोबेर मियांले रिपोर्टर्स क्लब नेपालमा भनेका थिए,‘हामीलाई तीन लाख रुपियां दिन्छु चुप लाग भनिरहेका छन् ।’

श्रीनारायाण सिंहलाई फकाउन प्रहरीमा कार्यरत उनका आफन्तलाई खटाइएको थियो । क्षतिपूर्तिस्वरुप रकम दिने भनिएको थियो । तर पिडित पक्ष पैसाबाट नबिक्ने भन्दै घटनाको दोषीलाई कारबाही गरिछाड्न दृढ थियो ।

बम बिष्फोटपछि घाइते र मारिएका अन्यलाई चिम्नीभित्र हाल्ने समयमा केही गलत प्रवृत्तिका प्रहरी स्वयं संलग्न थियो भन्ने प्रत्यक्षदर्शीको भनाईलाई आधार मान्ने हो भने त्यतिबेला प्रहरीले उल्टै घटना लुकाउन मद्यत गरेको देखिन्छ । विष्फोट भएको गोठ तत्काल मर्मत गरिसकिएको बताउ“छिन् रोक्शाना खातुन । छानविन गर्ने हो भने गोठमा पुगेको क्षति छोप्न टालिएको अझै देखिने उनको भनाई थियो ।
त्यतिबेला देशभर संविधान सभा चुनावको चहलपहल भइरहदा रौतहटको पचरुखी गाविसको छतावना गाउ“ शोकाकुल बनाउने घटना लुकाउन खोज्नेहरु उदांगिदै गयो । घटनामा मारिएकाहरुका आफन्त खोज्दै आइरहेपनि घटना लुकाउन खोजियो । यसका लागि प्रहरी प्रशासनको समेत दुरुपयोग गरिएको थियो । अहिले घटना उदांगिएको छ । अफताप आलम पक्राउ परेर थुनामा पुगे । । File Photo



प्रतिक्रिया दिनुहोस्