Logo

चीनको मंगल मिसनः २०२० मा मानवरहित २०३० मा मानवसहित यान पुग्ने



सन् २०२० मा चीन मंगल ग्रहमा जाने प्रवल सम्भावना रहेको छ । ल्याण्डरको सफल परिक्षण पछि उक्त निर्णय प्रवल भएको हो । आउँदो वर्ष ल्याण्डरलाई मंगल ग्रहमा अवतरण गराउने लक्ष्य निकै चूनौतिपूर्ण हुने चिनियाँ अधिकारीले बताएका छन् । यो सफल भएपछि मंगल ग्रह जाने दौडमा चीन पनि प्रतिष्पर्धी देश हुनेछ ।

नासाले पनि अघिल्लो वर्ष मंगल ग्रहमा जाने निर्णय गरिसकेको छ । सफल परिक्षणको दौरान विश्वका संचारकर्मी र कूटनितिज्ञहरुलाई साक्षीका लागि भेला गरेका थिए । यसको सफल परिक्षणले मंगल ग्रह अनुसन्धानको विकासको लागि महत्वपूर्ण सफलता हासिल हुने चीन स्पेस एजेन्सीले जनाएको छ। मंगल ग्रह सम्म पुग्नका लागि चीनले शक्तिशाली लांग मार्च रकेट निमार्ण गरिसकेको छ ।

यस रकेटको पहिलो परिक्षण बिफल भएता पनि यस्को अर्को परिक्षण यस वर्षको अन्त्यमा हुने दाबी गरेका छन् । २०२०को मंगल यात्राबाट चिनियाँ यानले केही तस्बीर र नमूनाहरु संकलन गरेर फर्किने योजना रहेको छ । त्यस पश्चात २०३० मा मानवसहित चन्द्र मिशनमा जाने चीनको योजना रहेको छ ।-एजेन्सी

 

 



प्रतिक्रिया दिनुहोस्