Logo

नौ वर्षमै स्नातक गर्दै यी बालक



बेल्जियमका नौ वर्षीय बालकले सानै उमेरमा स्नातक तह पढीरहेका छन् । लाँरेन्ट साइमन्स नाम गरेको बालक आइन्डहोभन टेक्नोलोजी विश्वविधालयमा इलेक्ट्रिकल ईन्जिनियरिङ जस्तो कठिन विषय लिएर स्नातक पढीरहेका छन् । पाका उमेरका विद्यार्थीलाई पनि यो प्रकारको विषय पढ्न निकै कठिन हुने गर्छ । तर यी बालकले सानै उमेरमा ठूलो लक्ष्य लिएका छन् ।

विश्वविद्यालयका अनुसार उनको दिमाग निकै तेजिलो छ । उनले आफ्नो स्नातक तह अघिल्लो महिनामा सक्नेछन् । स्नातक तह सकाए लगत्तै मेडिकलसँगै भविष्मया विद्यावारिधी गर्ने उनको योजना रहेको जानकारी दिए । उनी अदभुत रहेको उनका अभिभावकले बताएका छन् । उनलाई पी एच डि गर्नका लागि नामी विश्व बिधालयबाट अवसर आइरहेको बताएका छन् । उनी जस्तो विधार्थी अहिले सम्म विश्वविधालयमा नआएको प्राध्यापकको भनाइ छ । उनले अपाङ्ग व्यक्तिहरुको लागि कृतिम अगं बनाउने लक्ष्य राखेका छन् ।–एजेन्सी



प्रतिक्रिया दिनुहोस्