Logo

लागूऔषध सहित नियन्त्रणमा



धनुषा, २९ कात्तिक । अवैध लागुऔष सहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । लक्ष्मिनिया गाउँपालिका १ सोहनी बस्ने बिपिन यादव २८ कात्तिकको राती नियन्त्रणमा लिएको हो ।

यादवलाई लागूऔषध नाईट्राभेट १२ ट्याबलेट, स्पासमो प्रिभोन तीन ट्याबलेट, नाईट्रोसन सात ट्याबलेट र करिब ५० ग्राम अवैध लागूऔषध गाँजा सहित नियन्त्रणमा लिएको हो ।

अस्थायी प्रहरी पोष्ट लक्ष्मिनियाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

त्यसैगरी, लक्ष्मिपुर पतारी गाउँपालिका ५ पछगाँडाबाट अवैध लागूऔषध गाँजा करिब ३० केजी सहित धनगढीमाई नगरपालिका १४ खुट्टी बस्ने राम बहादुर तामाङलाई २८ कात्तिकमा प्रहरीले नियन्त्रण गरेको छ । ईलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्