Logo

सुन सहित दुई जना युवक नियन्त्रणमा



मकवानपुर, २९ कात्तिक । प्रहरीले एक केजी सुन सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । मकवानपुर राक्सिराङ् गाउँपालिका ४ बिरकुट बस्ने अभय थिङ् र दोलखा जिरी नगरपालिका ३ बस्ने ग्यालजेन शेर्पालाई हेटौंडा उपमहानगरपालिका १ झोलुङ्गे पुलबाट २८ कात्तिकको दिउँसो नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त परिमाणको सुन सहित फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्