Logo

बाँदरले अनलाइनबाट किराना सामान मगाएपछि…



मानिसले अनलाइन प्रविधिबाट आफूले चाहेको सामाग्रीहरु मगाउने गर्छन् । अहिलेको समयमा अनलाइन प्रविधिबाट सामान मगाउने विषय संसारभर लोकप्रिय र प्रख्यात भएको छ । तर बाँदरले अनलाइन प्रविधिबाट सामान मगाएरआफ्नो मालिक र सबैजनालाई आश्चर्य चकित बनाएको छ । चीनमा यस्तै प्रकारको घटना भएको छ ।

आफ्नो मालिकको फोन प्रयोग गरेर चलाख बाँदरले अनलाइन मार्फत किराना सामान मगाएको छ । यो आश्चर्य चकित घटना सामाजिक सञ्जालमा भाइरल भएको छ । बाँदरलाई भोक लागेको क्रममा फोन मार्फत सामान मगाएको र मालिकको खाताबाट पैसा काट्दा यो बिषय चर्चामा आएको हो । मालिकले प्राय जसो सामान अनलाइन मार्फत मगाउँदै गर्दा बाँदरले सम्पूर्ण विधि सिकेको मालिकले जनाएका छन् । Photo Source : The Indian Express

 

https://youtu.be/rShvtdYOGko



प्रतिक्रिया दिनुहोस्