Logo

बंगलादेशी राष्ट्रपति फर्किए, गरियो भव्य बिदाई (फोटोफिचर)



काठमाडौं, २९ कार्तिक । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चारदिने भ्रमण पूरा गरी आज स्वदेश प्रस्थान गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा गत मङ्गलबार नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बिदाइ गरेकी हुन् ।

राष्ट्रपति हमितको बिदाइका निम्ति गृहमन्त्री रामबहादुर थापा तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको पनि उपस्थित थिए ।

उनलाई नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी दिएको थियो । नेपाल बसाइका क्रममा बङ्गलादेशका विशिष्ट अतिथिले भक्तपुर दरबार स्क्वायर क्षेत्रका साथै पोखराका पर्यटकीय क्षेत्रको स्थलगत अवलोकन भ्रमण गर्दै विभिन्न पर्यटकीय गतिविधिमा सहभागी भएका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्