Logo

आलम अभियुक्त रहेको घटनाका पीडित र जाहेरवालाको सुरक्षामा अदालतको चासो



रौतहट, २९ कात्तिक । नेपालको अदालतले पीडित र जाहेरीवालाको सुरक्षामा समेत चासो देखाउन थालेको छ । पूर्वमन्त्री मोहमद अफताब आलम अभियुक्त रहको १२ वर्ष अघि ईट्टाभट्टामा हालेर हत्या गरिएको भनिएको घटनाका पीडित र जाहेरीवालाको सुरक्षामा अदालतले चासो देखाएको हो ।

शुक्रबार आलमलाई र्पुपक्षका लागि थुनामा राख्न आदेश दिदै घटनाका पीडित र जाहेरीवालाको सुरक्षा गर्न अदालतले आदेश दिएको छ । घटनामा आलम पक्षले पीडित र जाहेरीवालालाई डर धम्की दिएको विषय उठेको थियो । जाहेरीवाला श्रीनारायण सिंह र अन्य पीडित पक्षले सुरक्षाको माग गर्दै आएका थिए ।
पीडित पक्षलाई बाटो सुरक्षा, आवश्यक परे अन्यत्र बसोबास व्यवस्था गर्न समेत आदेश दिइएको छ । रौतहट जिल्ला न्यायाधीश दिपक ढकालको इजलाशले यस्तो आदेश दिएको हो ।

यसैगरी, पूर्वमन्त्री आलमलाई रौतहट जिल्ला कारागारमा र्पुपक्षका लागि राखिएको छ । उनीविरुद्धको थुनछेकको बहस सकिएपछि शुक्रबार रौतहट जिल्ला अदालतले र्पुपक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । न्यायाधीश दिपक ढकालको इजलाशले आलमलाई र्पुपक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
र्पुपक्षका लागि थुनामा राख्ने आदेश दिनुअघि न्यायाधिश ढकालले आरोपी आलम र जाहेरवाला श्रीनारायण सिंहसँग घटनाबारे सोधपुछ गरेका थिए । सरकारी वकिलको कार्यालयले १८ कात्तिकमा आलमसहित घटनाका अभियुक्तमाथि सजायको माग दाबीसहित मुद्दा दर्ता गरेको थियो ।

अफताबमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्दोग र बिष्फोटक पद्धार्थसम्बन्धी तीनवटा मुद्दा दायर गरी ३२ वर्ष कैद सजाग मागिएको छ । कर्तव्य ज्यान मुद्दामा २० वर्ष, ज्यान मार्ने उद्योगमा १० र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा दुई वर्ष कैद सजाय मागदाबी गरिएको हो। जिल्ला सरकारी वकिल कार्यालयले आलमसहित ११ जनाविरुद्ध जिल्ला अदालत गौरमा अभियोगपत्र दायर गरेको थियो ।

उनीमाथि २७ चैत २०६४ मा बम बिष्फोटपछि घाइते भएकालाई ज्यूँदै इट्टाभट्टामा हालेको अभियोग छ । मुद्दा दायरपछि त्यसबारे थुनछेक बहस एक हप्तायता चलेको थियो । File Photo



प्रतिक्रिया दिनुहोस्