Logo

२५ वर्ष अगावै ल्यान्डफिल साइट भरियो



एक सय वटा फुटबल मैदान बराबरको ल्यान्डफिल साइटमा सन् २०४४ सम्मका लागि फोहोर संकलन गर्न सकिने आँकलन गरिएको थियो । तर, ल्यान्डफिल साइट २५ वर्ष अगावै भरियो ।

यो घटना चीनको साग्छी प्रान्तको जियाङकुंगो ल्यान्डफिलको हो । उक्त ल्यान्डफिल प्रत्येक दिन २५ हजार टन फोहोर व्यवस्थापनको लक्ष्यका साथ बनाइएको थियो । तर, दैनिक दश हजार टन फोहोर संकलन गर्दा २५ वर्ष अगावै भरिएको हो ।

सन् १९९४ मा निर्माण गरिएको ल्यान्डफिल साइटमा ८० लाख मानिसले प्रयोग गरेको फोहोर संकलन गरिन्थ्यो । सात लाख वर्गकिलोमिटर र १५० मिटर गहिरो ल्यान्डफिल छिटो भरिएपछि यसको विकल्प खोज्नुपर्ने भएको छ ।-एजेन्सी Photo Source: thesun.ie



प्रतिक्रिया दिनुहोस्