Logo

को हुन प्रमको प्रेससल्लाहकारमा नियुक्त भएका थापा



काठमाडौं, कार्तिक २९ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापा नियुक्त भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई नियुक्त गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको प्रेस सल्लाहकारका रुपमा कार्यरत डा कुन्दन अर्याललाई हटाएर थापालाई नियुक्त गरिएको हो ।

नियुक्त भएका थापाले यो भन्दा पहिले झलनाथ खनाल प्रघानमन्त्री हुदा प्रेस सल्लाहकारको रुपमा नियुक्त भएका थिए । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका थापा नवयुग, बुधबार साप्ताहिकको पूर्वसम्पादक हुँन ।



प्रतिक्रिया दिनुहोस्