Logo

गच्छेदारतर्फ अख्तियार अघि बढ्यो, विष्णु पौडेललाई जोगाउने प्रयास



काठमाडौं, ३० कात्तिक । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छेदार अख्तियारको फन्दामा पर्ने सम्भावना बढेको छ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका उनीसँग अख्तियारले बयान लिइसकेको छ ।

२२ कात्तिकमा गच्छेदारमाथि अख्तियारले चार घन्टा बयान लिएको हो । गच्छेदारले आफ्नो भूमिका अस्वीकार गरेका छन् । तत्कालिन भौतिक मन्त्री गच्छेदारले जग्गा व्यक्तिको बनाउने गरी निर्णय गराएको अभियोग छ ।

अख्तियारले बालुवाटार जग्गाको जग्गाधनी पूर्जा लिएका र विचौलियासँग पनि बयान लिइसकेको छ । बालुवाटार जग्गा प्रकरणमा देशका हस्तीहरु संलग्न रहेको अभियोग छ ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल पनि बालुवाटार जग्गा प्रकरणमा मुछिएका छन् । उनको परिवारका नाममा आठ आना जग्गा भेटिएको थियो । तर, पौडेललाई जोगाउने चलखेल भइसकेको छ ।

जग्गा प्रकरणमा पूर्वाग्रही नभई कारबाही अगाडि बढेमा गच्छेदार र पौडेल समेत कारबाहीको दायरामा आउनसक्ने सम्भावना रहेको अख्तियार स्रोतले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्