Logo

भक्तपुर–नगरकोट सडकः काम सक्नभन्दा समय थप्न हतार



काठमाडौं, कार्तिक ३० । पर्यटकीय महत्वकोक्षेत्र नगरकोट पुग्ने भक्तपुर–नगरकोट सडकखण्ड निर्माणमा ठेकेदार समय थप्न बढी लालायित भएको पाइएको छ ।

चौथोपटक समय थप गरिएको उक्त सडकले हिउँदमा धुलो र वर्षामा हिलोले पर्यटकले वर्षौंदेखि सास्ती भोग्दै आएका छन् । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको निर्माण कम्पनीले पाँच वर्ष पूरा हुँदा पनि काम सम्पन्न गर्न सकेको छैन ।

समयमा सडक सम्पन्न नभएपछि आगामी वैशाख ७ गतेसम्मको म्याद थपिएको छ । जनआक्रोश बढ्दै गएपछि बल्ल कात्तिक २७ गतेबाट मात्रै काम सुरु भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot