Logo

प्रधानमन्त्री ग्रान्डी अस्पताल जाँदै



काठमाडौं, कार्तिक ३० । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वाथ्योपचारका लागि ग्रान्डी अस्पताल जाँदैछन् ।शुक्रबारमात्रै मन्त्रिपरिषद्को बैठकलाई आफ्नो स्वास्थबारे जानकारी गराएका ओलीले मिर्गौलामा राखिएको स्टेन्ट निकाल्न आज डाक्टरले अस्पताल बोलाएको पनि जानकारी गराएका थिए ।

ओलीको मिर्गौलाको थप उपचार अमेरिकामा गराउने विषयमा पनि छलफल भईरहेको छ । उनका निजी चिकित्सक प्राडा दिव्यसिंह शाह अमेरिका पुगेर फर्किएकी छन् । ओलीको अमेरिकामा उपचार कति सम्भव छ भन्नेबारे परामर्श गरेर उनी फकिएको स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्