Logo

फिनल्याण्ड यूरो कप २०२० मा छनोट



काठमाडौं, ३० कात्तिक । “म स्तब्ध र बोल्न नसक्ने स्थितिमा छु, हामीले गर्यौं !”– फिनल्याण्डको पुरुष टोलीले पहिलो पटक कुनै ठूलो प्रतियोगितामा छनोट भएर इतिहास बनाउँदा स्ट्राइकर टीमु पुक्कीले दिएको प्रतिक्रिया हो यो । यथार्थमा फिनल्याण्डका प्रत्येक नागरिकका लागि यो अविश्वासिलो घटना हो ।
शुक्रबार राति फिनल्याण्डले लिचेस्टाइनमाथि ३–० को जित हात पार्यो । समूह जे मा दोस्रो स्थानमा रहँदै फिनल्याण्ड यूरो कप २०२० को लागि छनोट भएको छ । जस्सी टौमिनले पहिलो हाफमा गरेको गोल र पुक्कीको दुई गोलको सहयोगले फिनल्याण्डले लिचेस्टाइनमाथि सहज जित हात पार्यो ।
फिनल्याण्डले यसअघि ३२ पटक यूरो कप २०२० र विश्वकप फुटबलमा स्थान सुनिश्चित गर्न गरेको प्रयास असफल भएको थियो ।
शुक्रबार राति नै सम्पन्न अन्य खेलहरुमा आर्मेनियालाई ग्रीसले ०–१ ले पराजित गर्यो । नोर्वेले फरो आइसल्याण्डमाथि ४–०, इटालीले बोस हर्जमाथि ३–०, डेनमार्कले जिब्राल्टरमाथि ६–०, स्वीटजरल्याण्डले जर्जियामाथि १–०, रोमानियाले स्वीडेनमाथि २–० र स्पैनले माल्टामाथि ७–० को विशाल अन्तरको जित हात पार्यो ।बीबीसी



प्रतिक्रिया दिनुहोस्