Logo

सिमालाई सरकारले मतलव गरेनः देउवा



कञ्चनपुर, कार्तिक ३० । नेपाली कांग्रेसका सभापती शेरबहदुर देउवाले भारतसँग भएको महाकाली सन्धिमा पनि महाकाली नदीको उद्गमस्थल पूर्वको भूमिलाई नेपाली भूभागका रुपमा व्याख्या गरिएको बताएका छन्।

नेपाल प्रेस यूनियन कञ्चनपुरले शनिवार बिहान सदरमुकाम महेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सभापति देउवाले कालापानी नेपालको भूभाग भएको दोहोर्याउँदै महाकाली नेपाल–भारतको सीमा नदी भएको जिकिर गरे।

“हामीले महाकाली सन्धी गरेका बेला महाकाली सीमा नदी भनिएको छ। पानी पनि आधा आधा हक लाग्छ भनेर सिद्धान्त तहैमा पास भएको हो,” उनले भने, “लिखित नै छ त्यहाँ। सीमा नदी भएकाले उद्गम स्थलबाटै पूर्व नेपाली भूमि हो।”

सभापति देउवाले सीमा सम्बन्धी बिबादमा राजनीतिक दलहरु एक ठाउँमा उभिएपनि केपी ओली नेतृत्वको सरकारले बिबाद समाधानका लागि मतलब नै नगरेको भन्दै आक्रोश ब्यक्त गरे। उनले राष्ट्रवादको नारा दिने ओली सरकारलाई लम्पसारवादको संज्ञा दिए।



प्रतिक्रिया दिनुहोस्