Logo

चुनावी कार्यक्रममा प्रतिबन्ध लगाउने विप्लवको चेतावनी



काठमाडौंः नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी मंसिर १४ मा हुन लागेको उपनिर्वाचनमा दलका कार्यक्रमहरु गर्न नदिने जनाएको छ।

सरकारले विप्लव नेकपालाई लगाएको प्रतिबन्ध नहटाएसम्म उपनिर्वाचनका कार्यक्रमहरुमा सरकार र सत्तामा सामेल पार्टीहरुका गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय भएको नेकपाले जनाएको हो। पार्टी महासचिव विप्लवले विज्ञप्तिमार्फत् उपनिर्वाचनका कार्यक्रममा सहभागी नहुन सर्वसाधारणलाई अनुरोधसमेत गरेका छन्।

सीमा अतिक्रमणका विरुद्धमा लाग्नुपर्ने समयमा जनता झुक्याउन उपनिर्वाचनको नाटक मञ्चन गरिएको आरोप नेकपाले लगाएको छ। उपनिर्वाचन बहिष्कार गर्ने नेकपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विप्लव नेकपाले आफ्नो पार्टीविरुद्ध दमन नगर्न सुरक्षा निकायलाई भनेको छ।



प्रतिक्रिया दिनुहोस्