Logo

चीनले सीमा मिच्दा किन बोल्दैन सरकार ? आयो यस्तो खुलासा (भिडियोसहित)



काठमाडौं, ३० कार्तिक । डा. उद्धव प्याकुरेलले कालापानी र लिपुलेक नेपालको भएपनि भारतले लामो समयदेखि हडप्दै आएको दाबी गरे । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले नेपाल कतिपय सन्दर्भमा चुप लागेर बसिरहेको पनि थियो भन्ने टिप्पणी गरे ।

उनले भने, नेपालले त कतिपय अवस्थामा ईस्यु निकाल्दै, छोड्दै गरेको थियो । नेपालपनि यो मामिलामा चुकेको हो । विभिन्न समयमा कुरा उठाउने अनि छोड्ने काम गर्यो ।’ प्याकुरेलले नेपाल सरकारले अब सीमा विवादको कुरा उठाएरमात्रै नहुने बताए । उनले भने,‘अब नेपालले ईस्यु उठाएर छोड्ने होईन, यो अवस्थामा छिनोफानो गर्नुपर्छ ।’

हेर्नुहोस भिडियो :



प्रतिक्रिया दिनुहोस्