Logo

विश्वकप छनोट खेल्नुपर्ने फुटबल खेलाडी ठमेलको रात्रीक्लबमा भेटिएपछि…



काठमाडौं, ३० कात्तिक । कुबेतविरुद्ध विश्वकप फुटबल छनोट खेल्नका लागि नेपाली टोली भुटान प्रस्थान गर्ने तयारीमा थियो । टोलीको घोषणा शुक्रबार भयो । जसमा अनुभवी खेलाडीलाई समेटिएको थियो ।

देशभित्रको घरेलु मैदानमा एशियाली फुटबल महासंघ सन्तुष्ट नभएपछि नेपालले चयन गरेको न्युट्रल मैदानमा खेल्ने तय भएको हो । टोली शनिबार भुटान जाने अवस्थामा थियो ।

बन्द प्रशिक्षणमा बसेकामध्ये राष्ट्रिय टोलीका खेलाडीको अन्तिम नामावाली प्रशिक्षक जोहान कालिनले प्रकाशित गरे । जसमध्ये स्ट्राइकर विमल घर्तीमगर, , रक्षक दिनेश राजवंशी, मध्यपंक्तिका अञ्जन बिष्ट र सन्तोष तामाङ पनि थिए । उनीहरु बन्द प्रशिक्षणको बेवास्ता गर्दै शुक्रबार राति रात्रीक्लब पुगे ।

चार खेलाडी बन्द प्रशिक्षणको बेवास्ता गरेर रात्रीक्लब पुगेको खबर प्रशिक्षक कालिन र एन्फाका पदाधिकारीले थाहापाए । खेलाडीहरुले विगतमा पनि यस्तै अनुशासन उल्लंघन गरेपनि जोगाइएको थियो । यसपटक प्रशिक्षक कालिन कडा रुपमा प्रस्तुत भए । उनले बन्द प्रशिक्षणमा अनुशासन उल्लंघन गर्नेलाई टोलीमा राख्न नसक्ने भनेपछि एन्फाले अनुशासनको कारबाही गर्यो ।

नेपालले निकै आशा गरेका खेलाडी थिए विमल र अञ्जन । अञ्जन विश्वकप छनोट चरणमा सानदार प्रदर्शन गर्दै आएका छन् । विमलको खेल भने पछिल्लो समय खस्कँदै गएको छ । खेल अनुशासन विपरित जाने खेलाडीहरु राष्ट्रिय टोलीबाट बाहिरिएका छन् । उनीहरुलाई अनुशासनको कारबाही गरिएको छ । भुटान जाने टोलीमा चार नयाँ अनुहारलाई लगिने तयारी भएको छ ।

जर्सी नं १० विमल घर्तीमगर र १४ का अञ्जन बिष्ट कारबाहीमा परेका हुन्

एन्फाले शुक्रबार घोषणा गेरेको नेपाली टोली
गोलरक्षक: चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ

रक्षक: सरोज दाहाल, देवेन्द्र तामाङ, अनन्त तामाङ, सुमन अर्याल, दिनेश राजवंशी, अजित भण्डारी र रञ्जीत धिमाल ।

मध्यपीक्त: सुनिल बल, अन्जन बिष्ट, बिक्रम लामा, रविशंकर पासवान, मिक्छेन तामाङ, रोहित चन्द, सुजल श्रेष्ठ, सन्तोष तामाङ र तेज तामाङ

अग्रपंक्ति: भरत खवास, नवयुग श्रेष्ठ, विमल घर्तीमगर, र अभिशेक रिजाल File Photo



प्रतिक्रिया दिनुहोस्