Logo

सुवास गुरुङ्ग राष्ट्रिय फुटबल टोलीमा बोलाइए



काठमाडौं, ३० कात्तिक । कुबेतसँग विश्वकप फुटबल छनोट खेल्न जाने नेपाली राष्ट्रिय टोलीमा सुवास गुरुङ्ग बोलाइएका छन् । उनलाई टोली भुटान जानै लाग्दा बोलाइएको हो ।

शुक्रबार मध्यराति राष्ट्रिय फुटबल टोलीका चार खेलाडी रात्रीक्लबमा भेटिएर कारबाहीमा परेपछि प्रशिक्षक जोहान कालिनले सुवासलाई छानेका हुन् । उनी म्यानमाविरुद्धको मैत्रीपूर्ण खेलमा टोलीमा समावेश थिए ।

आक्रामक मध्यपंक्तिका खेलाडी सुवास संकटा क्लबबाट व्यवसायिक फुटबल खेल्छन् । उनले हिमालयन शेर्पा, मनाङ मस्र्याङदी, थ्री स्टार, न्युरोड टिमबाट फुटबल खेलीसकेका छन् । स्याङ्जा घर भएका गुरुङ्गलाई बोलाएपछि अन्य तीन खेलाडीको चाँडै टुंगो लाग्ने एन्फाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्