Logo

भारतकी मन्त्री स्मृती इरानीले तरबार बोकेर नृत्यु गरेपछि…



स्मृती इरानीको चर्चा राजनीतिमा नआउँदैको हो । उनी कुनैबेला टेलिसिरियलमा अभिनय गर्थिन् । कलाकारिता छाडेर राजनीतिमा आएपनि उनमा रहेको कला अझै प्रकट भइरहन्छ ।

उत्तर प्रदेशको लोकसभा सिटबाट राहुल गान्धीलाई पराजित गरेकी इरानी सधै चर्चामा आइरहने नेता हुन् । यसपटक उनी फेरि चर्चामा आएकी छिन् । उनी गुजरातमा भएको सांस्कृतिक कार्यक्रममा सहभागी भएकी थिइन् ।

कार्यक्रममा दुवै हातमा तरवार लिएर नाच्दैँ गरेको भिडियोले सामाजिक सन्जालमा चर्चा बटुलेको छ । श्री स्वामी नारायण गुरुकुलद्धारा आयोजित महिला उत्थान कार्यक्रममा सहभागी भएर इरानी तरबार लिएर नाँचेकी थिइन् ।

बालिकाहरु नृत्य गरिरहेको बेला अयोजकले केन्द्रीयमन्त्री स्मृति ईरानीलाई पनि नृत्य गर्न उत्साहित गरेका थिए । उनी नाँच अघि सरिन् । तरबार लिएर जोसका साथ नाँचिन्। उक्त नृत्य गुजरातको परम्परागत नृत्य हो । नृत्यलाई तरवार रास भनिन्छ । यस्तो प्रकारको नृत्य गुजरात र राजस्थानमा प्रख्यात रहेको छ । Photo Source : The Indian Express



प्रतिक्रिया दिनुहोस्