Logo

छुद्र ग्रहको नमूना लिएर फर्कदै जापानी यान



गत वर्ष पूथ्वी नजीकको छुद्र ग्रहका नमूना लिन गएको जापनीज अन्तरीक्षयान फर्कने भएको छ । यानले रयुगु नामक क्षुद्रग्रहका नमूना र तस्बीर लिन सफल भएको जापानी एरोस्पेस एजेन्सीले जनाएको छ । रयुगु छुद्र ग्रहका नमूना र तस्बीरले ग्रहहरुको उत्पत्ति र पूथ्वीका महासागरहरुको स्रोत पत्ता लगाउन प्रयोग गर्ने जापानी एरोस्पेस एजेन्सीले जनाएको छ ।

रयुगु छुद्र ग्रह करिब तीस हजार फिट चौडा रहेको र पूथ्वीको सतहबाट दस करोड मिल टाढा रहेको जनाएका छन् ।
यसैगरी, नासाले पनि आफ्नो स्पेसक्राफ्ट छुद्र ग्रहको अवलोकन गर्न पठाएको छ । यो सम्भवत २०२३ सम्ममा पूथ्वी फर्किने अनुमान गरिएको छ । यस प्रकारका मिशनले दुवै देशलाई छुद्र ग्रहको परिक्षण गर्न समेत मद्दत पुर्याउने जापानी एरोस्पेस एजेन्सीले जनाएको छ । जापानी यान पूथ्वीमा सुरक्षीत फर्केमा उक्त मिशन पूरा गर्ने पहिलो अन्तरीक्ष याद बन्नेछ ।

Photo Source : CNN



प्रतिक्रिया दिनुहोस्