Logo

विश्वकै तेज गतिमा गुड्ने विद्युतीय कार (भिडियोसहित)



पेट्रोलियम पदार्थको नवीकरण नहुने कारणले विश्वव्यापी रुपमा विद्युतीय कारको निर्माण तिब्र गतिमा भइरहेको छ । विद्युतीय कारहरु वातावरणमैत्री हुनाको कारण यसको चर्चा र निर्माण प्रक्रिया तिब्र गतिमा छ । ठूला तथा साना कार कम्पनीहरु विद्युतीय कारको निर्माणमा जुटेका छन् ।

दूबई अटो कार सोमा एसपार्क कम्पनीले निर्माण गरेको विद्युतीय हाइपरकारको प्रर्दशन गरेको छ । यो कम्पनीले निर्माण गरेको कार पूर्ण रुपमा बिजूलीबाट चल्ने जनाएको छ । यो कार विश्वकै बढी रफ्तारमा गुड्ने कम्पनीले दाबी गरेको छ । कारले जीरो देखि ६० सम्मको रफ्तार केवल १।५९ सेकेन्डमै पार गर्ने दाबी कम्पनीले गरेको छ । कारको दूई हजार १२ ब्रेक अश्वशक्ति रहेको छ भने ८० मिनेटमा पूर्ण रुपले चार्ज हुने कम्पनिले जनाएको छ ।

विद्युतीय अति गतिको कारको अधिकतम गति २५० रहेको छ । २०२० मा जर्मनीमा हुने रेसमा यस कारले रेर्कड तोड्ने दाबी कम्पनीको अध्यक्षले बताएका छन् । यस कारको बडी कार्बन फाइबर र स्टीलले बनेको छ । कम्पनीले ५० वटा कार मात्र निर्माण गरेको छ । यस कारको मूल्य करिब ३६ करोड राखिएको छ । Photo Source : CNN

 



प्रतिक्रिया दिनुहोस्