Logo

पत्रकाहरुलाई ‘गुड आफ्टरनून’ भन्दै ग्राण्डीबाट बाहिरिए प्रधानमन्त्री ओली (फोटोफिचर)



काठमाडौं, ३० कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षण गराएर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबाट बाहिरिएका छन् । अस्पतालबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले अस्पताल प्राङगणमा उपस्थित् पत्रकारहरुलाई ‘गुड आफ्टनून’ भनेका थिए । कात्तिक १२ र १३ मा गरिएको डायलाइसिसका क्रममा राखिएको स्टेन्ट निकाल्नका लागि प्रधानमन्त्री ओली अस्पताल गएको बुझिएको छ ।

डायलासिसपछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था प्रधानमन्त्रीको नीजि चिकित्सक प्रा.डा. दिव्या सिंह शाह, ग्रान्डीका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डे र युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका अध्यक्ष प्रा डा प्रेमराज ज्ञवालीले विज्ञप्ति प्रकाशित गरी उनको अवस्था राम्रो भएको जानकारी गराएका हुन्।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्