Logo

आधा डलरको सिक्काको मूल्य पाँच लाख डलर



यो सिक्का बन्दा आधा डलर मूल्य थियो । अहिले यसको मूल्य पाँच लाख चार हजार डलर राखिएको छ ।

सन् १८३८ मा जारी गरिएको आधा डलरको सिक्का पुराना सामानको किनबेचमा राखिदा शुक्रबार उक्त मूल्य राखिएको हो । यसलाई ऐतिहासिक सिक्का भनी विक्रीमा राखिएको छ ।

सिक्का पुरानो मात्र नभई दुर्लभ पनि छ । जम्मा २० वटा मात्र जारी गरिएको सिक्का १८१ वर्षपछि ११ वटा मात्र बाँकी रहेको छ । सिक्का निकै आकर्षक छ र महिलाले मुक्तिको संकेत गरेको दृश्य समेत छ । अर्कोतर्फ चील समेत देखिन्छ । –एजेन्सी Photo Source:  Stack’s Bowers Galleries



प्रतिक्रिया दिनुहोस्