Logo

मोदी र सि मिलेर लिपुलेक हडपेका हुन् : धमला(भिडियोसहित)



काठमाण्डौ । प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले नेपालको भूभाग भारत र चिन मिलेर मिचेको आरोप लगाएका छन् ।

काठमाडौंको पशुपतिनाथ स्थित उमाकुण्ड परिषरमा आजदेखि सुरु श्रीमद्भागवत महायज्ञलाई सम्बोधन गर्दै धमलाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनका राष्ट्रपति सि जिन पिङ मिलेर लिपुलेक हडप्न खोजेको आरोप लगाएका हुन् ।

नेपालको भूभाग मिचिएको विषयमा प्रधानमन्त्री केपी ओलीले प्रधावकारी कुटनीतिक कदम चाल्नुपर्नेमा धमलाले जोड दिएका छन् । रिस राग बढाएर नभै छिमेकी देशको दिल र मन जितेर आफ्नो भूमि फिर्ता गर्न धमलाले सुझाब दिएका छन् ।

रिपोर्टस क्लब नेपालका अध्यक्षसमेत रहेका धमलाले दुवै छिमेकी देशसँग भएको सिमा विवादबारे तत्काल सरकारले कुटनीतीक पहलबाट समाधान गर्नुपर्ने बताएका हुन् । धमलाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाको पनि यससम्बन्धमा ध्यानाकर्षण गराएका छन् ।

कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका धमलाले भारतले आफ्नो नक्सामा नेपाली भुमि कालापानी र लिपुलेकसहितको भुभागलाई समेटिएको प्रति चौतर्फी विरोध भइरहँदा सरकारले भने कुटनीतिक पहल गर्न ढिलो गरेको आरोप लगाए ।

अध्यक्ष धमलाले मुलुकमा आर्थिक, सुशासन र मुलुकलाई सम्बृद्ध बनाउन सवै राजनीतिकहरु दलविच राष्ट्रिय एकताका साथ अघि बढ्नुको विकल्प नभएको समेत बताए ।



प्रतिक्रिया दिनुहोस्