Logo

भ्रमण वर्षमा ७१ देशका प्रतिनिधिलाई निम्तो



संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले संरक्षण क्षेत्रमा लागेका ७१ देशका प्रतिनिधिलाई नेपालमा मनाउन लागिएको भ्रमण वर्षको निम्तो आफ्नो देशमा पु¥याइदिन आग्रह गरेका छन् ।

नवौँ चितवनस्थित सौराहमा आयोजित विश्व रेन्जर सम्मेलनको समापन कार्यक्रममा बोल्दै उनले आफ्ना परिवार, इष्टमित्र र साथीभाईलाई भ्रमण वर्षको निम्तो पु¥याइदिन आग्रह गरेको जानकारी गराए ।

नेपाल जैविक, प्राकृतिक र सांस्कृतिक दृष्टिले असाध्यै धनि देश भएको सम्मेलनका क्रममा सहभागीले जानकारी पाएकोमा आफू विश्वस्त भएको भन्दै मन्त्री भट्टराईले यहाँको पर्यटकीय महत्वलाई विश्वभर पु¥याउन भ्रमण वर्ष फलदायी हुनेमा जोड दिए ।

नेपालको भूबनोट तराईदेखि हिमालसम्म फैलिएको उनको भनाइ थियो । संरक्षण क्षेत्रमा काम गर्नेहरुकै कारण आज विश्वमा वन र वन्यजन्तु संरक्षण हुन सकेको भन्दै उन सबै सहभागी संरक्षणकर्मीप्रति आभार प्रकट गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्