Logo

प्रधानमन्त्रीको पुनः हेमोडायलासिस



काठमाडौं, कार्तिक ३० । प्रधानमन्त्री केपी शर्मा ओली शविबार नियमित उपचारकालागि धापासीस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालमा पुगेका छन् ।

उनको उपचारमा संलग्न डाक्टरले प्रधानमन्त्री ओलीलाई बोलाएपछि नियमित स्वास्थ्य परीक्षण गराउन अस्पताल गएको जनाइएको छ । प्रधानमन्त्री ओलीको आज पुनः हेमोडायलासिस गरिएको छ ।

हेमोडायलासिसपछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था पहिलेको जस्तै राम्रो रहेको अस्पतालका ‘मेडिकल डाइरेक्टर’ चक्रराज पाण्डे तथा प्रधानमन्त्री ओलीका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाहद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

केहि दिन पहिले प्राधानमन्त्री कार्यालय परिसरमै डाइलोसिस गर्न्मिल्ने मेडिकल खोल्ने तयारी भएपनि उक्त विषयमा भने कुनै निणर्य भएको छैन ।



प्रतिक्रिया दिनुहोस्