Logo

आलम रातारात नक्खु कारागार



काठमाडौं १, मंसिर । रौतहट राजपुर बमकाण्डका अभियुक्त मोहम्द आफताब आलमलाई रौतहटबाट ललितपुरस्थित नक्खु कारागार ल्याएको छ ।
जिल्ला अदालत रौतहटले अभियुक्त आलमलाई पुर्पक्ष थुनामा राख्न शुक्रबार आदेश दिएपछि रातारात नक्खु कारागार ल्याएको हो । जिल्ला अदालतले आलमलाई रौतहट वा अन्य कारागारमा पुर्पक्ष थुनामा राख्न सक्ने बोटो खोलिदिएको थियो । अदालतको आदेशपछि बसेको रौतहट जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आलमलाई रातारात नक्खु कारागार पठाएको हो ।
रौतहट कारागारले सुरक्षा थ्रेटका कारण आलमलाई त्यहाँ राख्न मानेको थिएन । रौतहट जिल्ला अदातलले नै उनलाई रौतहट कारागार वा अन्य कारागारमा राख्न सक्नेगरी आदेश दिएपछि जिल्ला सुरक्षा समितिको बैठकले नक्खु कारागार पठाउने निर्णय गरेको थियो ।
नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्